सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका स्थानीय तहलाई आर्थिक वर्ष २०७८/०७९ को बजेट २ अर्ब २८ करोड २३ लाख बजेट विनियोजित भएको छ । सरकारले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकालाई ४४ करोड ९० लाख बजेट विनियोजित भएको छ । ७ गाउँपालिकामध्ये थुलुङ दुधकोशी गाउँपालिकाले सबैभन्दा बढि ३६ करोड ८९ लाख बजेट प्राप्त गरेको छ, भने सबैभन्दा कम बजेट लिखुपिके गाउँपालिकाले १७ करोड ७१ लाख प्राप्त गरेको छ ।
नेचासल्यान गाउँपालिकाले ३५ करोड, माप्य दुधकोशी गाउँपालिकाले २७ करोड ९० लाख, सोताङ गाउँपालिकाले २३ करोड ८२ लाख, महाकुलुङ गाउँपालिकाले २१ करोड ४८ लाख र खुम्बु पासाङल्हामु गाउँपालिकालाई २० करोड ५३ लाख बजेट विनियोजित गरिएको छ ।









