तरुण दल सोलुको समन्वयमा १०० बढिलाई राहत वितरण [भिडियोसहित]

काठमाडौं । नेपाल तरुण दल सोलुखुम्बुको समन्वयमा अति समस्यामा परेका १ सयभन्दा बढिलाई मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण अति समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो । सोलुखुम्बुको विभिन्न गाउँपालिका स्थायी ठेगाना भई काठमाडौंमा आएर दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताए ।

‘यस्तो विश्व व्यापी महामारीमा आम जनता बाँचे पो राजनीति, समाजसेवा, नत्र के को राजनीति ? के को समाज सेवा ?’ अध्यक्ष झाले भने, ‘यस्तो महामारीमा पहिले आफू र आम जनता बाँच्नु पर्यो । अनि पो राजनीति हुन्छ । तर अहिले सरकार आम जनताको जीवन रक्षा गर्नुको सट्टा सत्ता र कुर्सी जोगाउन लागि कस्सिएर लागेको छ ।’

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं सफल पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले महा संकटमा आफूले सकेको सहयोग गर्नु नै मानविय कर्तव्य भएको बताए । ‘हामी लाखौं रुपीयाँ खर्च गरेर होडबाजी गर्दै मन्दिर र गुम्बाहरुमा बत्ति बाल्छौं, तर एक छाक खाना पनि खान नपाएर भोकभोकै गरिबहरु मरिरहेका छन्,’ शेर्पाले भने, ‘आफूले सकेको सहयोग गरिब र मजदुरहरुलाई गरियो भने त्यो भन्दा ठूलो पुण्यको काम अरु हुँदैन ।’

नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले तरुण दल सोलुखुम्बुको समन्वयमा नेता आङछिरिङ शेर्पाले राहत वितरण गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । ‘काठमाडौंमा बसिरहेका सोलुखुम्बेली मजदुर र विद्यार्थीहरुलाई दोस्रो चरणको निषेधाज्ञामा राहत वितरण गर्नु मानविय कार्य हो ।’ सभापति बस्नेतले भने, ‘सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले पनि अब केहि दिनमै राहत वितरण गर्ने कार्यक्रम राखेका छौं ।’

तरुण दल सोलुखुम्बुको समन्वय तथा पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाद्धारा सोलुखुम्बेली मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको तरुण दल सोलुखुम्बुका सचिव शेखर बस्नेतले बताए । तरुण दल सोलुले यसअघि पनि अति समस्यामा परेका काठमाडौंमा बसोबास गर्ने १ सय भन्दा बढि सोलुखुम्बेली मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिसकेको सचिव बस्नेतले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं सोलु संगठन विभाग प्रमुख खिलराज बस्नेत, नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सह-सचिव सूर्य कुलुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य वेदप्रसाद वन, आमन्त्रित सदस्य ढलबहादुर मगर, दिप थपामगर र प्रेम गुरुङ, यूवा नेता रोसनबाबु थुलुङ, नेता कुमार बस्नेत, नेता, समाजसेवी एवं व्यवसायी लब्जी कार्की, चन्द्र राई, नेता आङकाजी शेर्पा (स्पीड काजी), तरुण दल महाधिवेशसन प्रतिनिधि विकास बस्नेत, तरुण दल नेचासल्यान गाउँपालिका अध्यक्ष शम्भु कार्की, सोनाम शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस ।

तरुण दल सोलुले उपत्यकामा राहत वितरण गर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार