काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका पदाधिकारीले आज काठमाडौंका २ सय घरपरिवारलाई राहत बाड्ने भएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्न लागेको हो । सोलुखुम्बु स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा दैनिक रुपमा काम गरेर खाने मजदुर र विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर २ सय घरपरिवारलाई राहत वितरण गर्न लागिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।
वास्तविक पिडितले मात्रै राहत पाओस भनेर एक नगरपालिका र ७ गाउँपालिकामा राहत वितरणका लागि संयोजक चयन गरेर राहत वितरण गर्न लागिएको बस्नेतले बताए ।

राहत लिनका लागि सोलुदुधकुण्ड नगरपालिका स्थायी ठेगाना भई उपत्यकामा बस्दै आएका तर अति समस्यामा परेका मजदुर र विद्यार्थीले संयोजक मानबहादुर मगरलाई ९८०३३८१३२७ मा सम्पर्क गरी राहत लिन सकिने छ । त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक सौरभ बरुवाललाई ९८५११०२२७६, सोताङ गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक उत्तमप्रसाद राईलाई ९८४३७४६३०४, खुम्बु पासाङल्हामु गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक फूनुरु शेर्पालाई ९८४११६४२३५, महाकुलुङ गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक टार्जन कुलुङलाई ९८४९०७२१७७, लिखुपिके गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक प्रमिला खड्कालाई ९८६१५२२४३५, माप्य दुधकोशी गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक चन्द्र खालिङलाई ९८५११९२८८६ र नेचासल्यान गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक आस्था निरौलालाई ९८५१०५३१०६ मा सम्पर्क गरी अति समस्यामा परेका विद्यार्थी र मजदुरले राहत लिन सकिने सम्पर्क समितिका सभापति बस्नेतले बताए ।
पहिलो लहरको कोरोना भाइरसका कारण लकडाउनमा अति समस्यामा परेका १ हजार ३ सय भन्दा बढि घरपरिवारलाई सम्पर्क समितिका पदाधिकारीहरुले राहत वितरण गरेका थिए ।







