व्यवसायी आङछिरिङद्धारा ७१ घरपरिवारलाई राहत वितरण

हालसम्म १३०० भन्दा बढि घरपरिवारलाई राहत वितरण

काठमाडौं । सफल पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले ७१ घर परिवारलाई राहत वितरण गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि जारी निषेधाज्ञाका कारण अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीसहित ७१ घरपरिवारलाई राहत वितरण गरिएको हो । राहत स्वरुप चामल, दाल, खानेतेल, नुन र माक्स वितरण गरिएको व्यवसायी आङछिरिङ शेर्पाले बताए ।

‘संसारमा मानविय धर्मभन्दा अरु कुनै पुण्यको काम हुँदैन । त्यसैले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएदेखिनै मैले उपत्यकाभित्र बसोबास गर्ने देशैभरिका अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्दै आएको छु ।’ व्यवसायी शेर्पाले भने, ‘दैनिक ज्यालादारी मजदुरहरुको अवस्था त यत्ति धेरै नाजुक भएको देखे की मेरो आँखाबाट आँशु नै झर्यो । त्यस्ता हृदयविदारक दृष्यले मलाई यस्तो विषम परिस्थितिमा पनि राहत बाड्न भित्रि मनदेखिनै इच्छा जाग्यो ।’

सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नं. ३ छेस्काम स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएका २१ जना विद्यार्थीहरुलाई व्यवसायी शेर्पाले मंगलबार विहान गोंगबुमा राहत वितरण गरेका छन् । निषेधाज्ञाका कारण कोहि विद्यार्थीहरु भोकै नपरुन भनेर राहत वितरण गरिएको शेर्पाले बताए ।

त्यस्तै बुधबार नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाको समन्वयमा कीर्तीपुरस्थित विष्ट गाउँका ५० घरपरिवारलाई व्यवसायी शेर्पाले राहत वितरण गरेका छन् । शेर्पाले दोस्रो लहरको कोरोना शुरुभएदेखि अहिलेसम्म १ हजार ३ सयभन्दा बढि घरपरिवारलाई राहत वितरण गरिसकेका छन् ।

राहत वितरण कार्यक्रममा महाधिवेशन प्रतिनिधी एवं तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका उपसभापति चन्द्र खालिङ,  दिपेश कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस ।

तरुण दल सोलुखुम्बुको समन्वयमा १३६ घरपरिवारलाई राहत वितरण [भिडियोसहित]

तरुण दल सोलुको समन्वयमा १०० बढिलाई राहत वितरण [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार