सोलुखुम्बुमा ११६१ संक्रमितमध्ये ६९३ निको, ४६८ सक्रिय

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका १ हजार १ सय ६१ कोरोना संक्रमितमध्ये ६ सय ९३ जनाले कोरोना जितेका छन् ।

बुधबार प्राप्त स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४ सय ६८ संक्रिय संक्रमित रहेका छन् । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण जिल्लाका विभिन्न गाउँपालिकालाई प्रत्यक्ष प्रभावित पारेको छ ।

कोरोना जित्नेमा सोलु दुधकुण्ड नगरपालिकामा २ सय ८५, खुम्बु पासाङल्हामू गाउँपालिकामा १ सय ४२, महाकुलुङ गाउँपालिकामा ७७, नेचासल्यान गाउँपालिकामा ६९, माप्य दुधकोशी गाउँपालिकामा ५१, सोताङ गाउँपालिकामा ३४, लिखुपिके गाउँपालिकामा २२ र थुलुङ दुधकोशी गाउँपालिकामा १३ रहेका छन् ।

जिल्लामा संक्रमितमध्ये १० जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस ।

सोलुखुम्बुमा कोरोनाबाट थप १ जनाको मृत्य, मृतकको संख्या १० पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार