सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

सोलुखुम्बु कोरोना अपडेट

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९)बाट संक्रमितको संख्या सोलुखुम्बु जिल्लामा १ हजार २ सय १२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको विभिन्न गाउँपालिकामा गरिएको एन्टिजेन परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको हो । जिल्लाको विभिन्न स्थानीय तहमा ४० जनाको एण्टिजेन परीक्षण गर्दा १३ जनाको रिपार्ट कोरोना पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिकाका २, थुलुङ दुधकोशी गाउँपालिकाका ४ र नेचासल्यान गाउँपालिकामा ७ जनाको कोरोना पोजेटिभ आएको सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकले बताएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ ।

जिल्लामा संक्रमितमध्ये ६ सय ९३ जनाले कोरोना जितिसकेका छन्, भने १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस ।

सोलुखुम्बुमा ११६१ संक्रमितमध्ये ६९३ निको, ४६८ सक्रिय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार