काठमाडौं । जनता फाउण्डेशन नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा रहेका ८० घरपरिवारलाई राहत वितरण गरेको छ ।

मेलम्ची बाढीपिडिलाई जनता फाउण्डेशन नेपालका पदाधिकारीहरु पिडितकै घरमा गएर राहत वितरण गरेको हो । जनता फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मण मिसन कार्की नेतृत्वको २० जना स्वयम सेवक र ५ जना सवारी चालक सहित २५ जनाको टोलीले राहत वितरण गर्न घटनास्थल पुगेका थिए ।
बाढिपिडितलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल, मस्यौरा, लुगा धुने साबुन, नुहाउने साबुन, बिस्कुट, वाईवाई लगाएत विभिन्न खाद्य सामग्रीहरु वितरण गरिएको छ । साथै ओड्ने ओछ्याउने, टिसर्ट, ज्याकेट, ट्राउजर, स्वीटर, जुत्ता, बच्चाको कपडा महिलाको कपडा लगाएत विभिन्न लत्ताकपडाको साथमा प्याड, माक्स, टर्चलाइट लगाएतका राहत सामग्री वितरण गरिएको फाउण्डेशनका अध्यक्ष कार्कीले बताए । बाढिमा परि मृत्यु भएका ६ जनाको परिवारलाई राहतको साथसाथै नगद समेत प्रदान गरिएको कार्कीले बताए ।

हेलम्बु गाउपालिकाको चनौटे, हल्दे, गोदम, तिम्बु, ओडारे, थापाटार लगाएत मेलम्चीको विभिन्न स्थानहरुमा राहत वितरण गरिएको थियो । राहत नपाएका र अति नै समस्यामा परेका विस्थापित परिवारहरुलाई जनता फाउण्डेशनले खोजीखोजी राहत दिइएको बताइएको छ ।
राहत संकलन अभियानका आर्थिक संयोजक पेम्बाछिरिङ शेर्पा र कोषाध्यक्ष सन्तोष तामाङले देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै वास्तविक पिडितको हातमा राहत पुगेको वताए । संकटको अवस्थामा जनता फाउण्डेशन नेपालले प्रशंसा योग्य काम गरेरको पिडितहरुले बताएका छन् । फाउण्डेशनले स्थानीय चनौटे युवा क्लब सकसँग समन्वय गरेर राहत वितरण गरेको थियो ।










