१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

शेर्पा संघ इजरायलको अध्यक्षमा आङछिरिङ



काठमाडौं । शेर्पा संघ इजरायलको अध्यक्षमा आङछिरिङ शेर्पा निर्वाचित भएका छन् ।

अध्यक्ष शेर्पाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।

संघको प्रथम उपाध्यक्षमा ल्हेमी शेर्पा, द्धितीय उपाध्यक्षमा ल्हाक्पाडोमा शेर्पा, तृतीय उपाध्यक्षमा दानुरु शेर्पा र चौथो उपाध्यक्षमा निमा शेर्पा २ वर्षका लागि निर्वाचित भएका छन् ।

त्यसै गरी महासचिवमा पेम्बा शेर्पा, सचिवमा पेमा शेर्पा, कोषाध्यक्षमा एलिना शेर्पा र सह कोषाध्यक्षमा पासाङडोमा शेर्पा निर्वाचित भएको अध्यक्ष शेर्पाले बताए ।

सदस्यहरुमा रिहा लामा शेर्पा, पासाङफुटी शेर्पा, तेन्डोमा शेर्पा, जेसाङ शेर्पा, पेमा शेर्पा गर्जा, जाङमु शेर्पा र तेन्डु शेर्पा निर्वाचित भएका छन् ।

यसैबीच इजरायल शेर्पा संघले ३ जना सल्लाहकार समिति पनि गठन गरेको छ । ल्हाक्पा शेर्पाको प्रमुख सल्लाहकारमा ३ जना सल्लाहकार समिति गठन गरिएको हो । अन्य सल्लाहकारहरुमा फुर्वा शेर्पा मिङ्गमार शेर्पा रहेका छन् ।

त्यसैगरी कार्यसमितिले ३ जनालाई संरक्षक चयन गरेको छ । संरक्षकहरुमा डोमा शेर्पा, छिरिङडोमा शेर्पा र दोर्जे शेर्पा रहेका छन् । कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ४१ बजे