१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

चीन र भारत सीमा विवादक्षेत्र लडाखमा २ लाख भारतीय सैनिक तैनाथ


१७ असार २०७८, बिहिबार  

385
Shares

काठमाडौं । विश्वका दुई सक्तिशाली राष्ट्र चीन र भारतको सीमा विवादग्रष्त क्षेत्र लडाखमा भारतले पछिल्लो समय आफ्नो दुई लाख सैनिक तैनाथ गरेको छ । सो तैनाथ सैनिक स्थल र हावाई फोर्सका जवान तैनाथ छन् । गतसाल डोक्लाममा भएको दुई देश बीचको सैनिक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

सो घट्ना पश्चात चीन र भारतबीच युद्ध हुने ठूलो सम्भावनामा पुगेको थियो । अन्तराष्ट्रिय मध्येष्थतासँगै चीन र भारतको उच्च स्तरीय सैनिक कमाण्डबीच पटक-पटक भएको वार्ता पश्चात विवाद कम भएको थियो ।

भारतले आफ्नो देशको सीमा सुरक्षा नीतिमा परिवर्तन गर्दै,पहिलो पटक चीन सीमा क्षेत्र लडाखमा ठूलो संख्यामा भारतीय सैनिक तैनाथ गरेको हो । सो भारतीय सैनिक तैनाथ प्रति हाल चीनले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ४७ बजे