प्रचण्डको आशन्न भारत भ्रमण र राजनीतिक पर्यटन

  अरुणकुमार सुवेदी
0 Shares

रधानमन्त्रीका विशेष दूत भएर भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीजीको भारत भ्रमणको समयमा यो पंक्तिकार पनि आफ्नो कामविशेषले त्यहाँ पुगेको थियो । नयाँ दिल्ली क्षेत्रको हरियाणा फरिदावादस्थित होटलको लबीमा चिया गफ गर्दैगर्दा ती उद्यमीले मसँग सुरुमा माफी माग्दै राजनीतिक र कूटनीतिक प्रसंग निकाले । उनले गरेको प्रश्न र प्रश्नलाई पुष्टि गर्ने प्रसंग अलि लामै थियो । तर, एउटा नेपालीका लागि निकै पेचिलो र मननीय थियो ।

भर्खरैमात्र दुवै छिमेकीतर्फ आफ्ना दूतहरुलाई सप्ताहव्यापी राजनीतिक पर्यटनमा पठाएर यस क्रमको सुरुवात भइसकेको छ । हाम्रा मन्त्री र प्रधानमन्त्री यसरी लामो समय छिमेककोे तीर्थाटनमा गइरहने सामान्य प्रक्रियालाई हल्कारुपमै लिएको यस लेखकलाई एक भारतीय उद्यमीको प्रश्नले भने विचार गर्न बाध्य बनायो ।

हाम्रो व्यवसायिक प्रसंगबाट बाहिरिँदै उनले भने- ‘नेपाल-भारतबीच रहेका समस्या र त्यसबारे एक-अर्काको दृष्टिकोण दुवै मुलुकलाई पक्कै थाहा छ । त्यहाँ भारतका राजदूत लगायत उच्चपदस्थ कर्मचारी पनि छन् । नमिलेका विषय तिनीहरूमार्फत नै आए पनि त हुन्छ । संवेदनशील विषयहरु भए सम्बन्धित विशेषज्ञको समूहमा बहस गराउन सकिन्छ होला । तीर्थाटनमा यत्रो लामो समय किन पाहुना लागेर बस्नु ? यसले तिम्रो राष्ट्रको गरिमा त फितलो हुन्छ नै, भारतीय सरकारी पक्षलाई पनि झमेला लाग्दो हो भनी तिमीहरु सोच्दैनौ ?’

कुरा गम्भीर थियो । ५/७ दिन नै दिल्ली बस्नुको अर्थ मलाई पनि खासै सुझेको थिएन । तर, भारतको नागरिक स्तरमा पनि यो विषयलाई यति गम्भीरतापूर्वक लिइएको हुँदोरहेछ भन्ने कुराको हेक्का मलाई पहिलो पटक भइरहेथ्यो ।

मेरा उद्यमी मित्र जसको क्लाइन्टका रुपमा म त्यहाँ उपस्थित थिएँ । उनले थप कुरा गरे – ‘तिमीहरुको यस्तो काइदाले तिमीहरुकै इज्जत घट्छ । पहिले त प्रतिक्रियात्मक भएर अरुसँग रिसाउनुभन्दा आफू अदवमा बस्नु जरुरी छ । पहिले इज्जत र अदवमा बस, सस्तो नबन । त्यसपछि स्वावलम्बी बन । बाध्यताको निर्भरता त एक-अर्काबीच सबैमा हुन्छ, यो ठूलो कुरा होइन ।’

एउटा व्यापारी काउण्टर पार्टबाट आएका यस्ता कुराबाट म अपमानित र लज्जित थिएँ । तर, आत्मतर्कना बाहेक मलाई अरु कुनै प्रतिक्रिया सुझेन ।

भारतीयहरुसँग हाम्रो अनौपचारिक सम्बन्ध छ । तीर्थ-व्रतका सम्बन्ध छन् । भारतीय समाज पनि केही अनौपचारिक छ । भारतीयहरुलाई हामी अलि हेप्छौं पनि । भारतको राज्य पक्षसँग प्रधानमन्त्री निवास अगाडि नै प्रदर्शन गरेर टक्कर लिँदा पनि हामी त्यसमा अन्यथा सोच्नुपर्ने मान्दैनौं ।

भाषिक समस्या जनस्तरसम्म पनि खासै छैन । त्यस्तो राष्ट्रको एउटा सामान्य व्यापारीलाई त हाम्रो नेतृत्वको हल्कापनले यस्तो भाव विकसित हुनसक्छ भने चिनियाँ जस्तो औपचारिक राज्य र समाजले हामीलाई के सोच्दो हो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार