२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

व्यवसायी आङछिरिद्धारा शेर्पा संघ महाकुलुङलाई १,०१,१११ रुपैया सहयोग


१९ श्रावण २०७८, मंगलबार  

819
Shares

काठमाडौं । सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले नेपाल शेर्पा संघ महाकुलुङलाई एक लाख एक हजार एक सय एघार (१०११११) रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

नेपाल शेर्पा संघ महाकुलुङको भवन बनाउन जग्गा व्यवस्थापनका लागि नेता शेर्पाले आर्थिक सहयोग गरेका हुन् । पछिल्लो समय शेर्पाले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएका छन् ।

‘हामी मानिस भएपछि आफूले सकेको सहयोग गर्नु नै मानविय धर्म हो ।’ नेता शेर्पाले भने, ‘असहायहरुलाई खुल्ला हृदयले सहयोग गर्दा जत्ति आत्मा सन्तुष्टि र खुशी मिल्छ, त्यो अरु काम गर्दा पाईदैन ।’

Sagarmatha

शेर्पाले विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बिचल्लीमा परेका सयौं दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत स्वरुप चामल, दाल, खानेतेल, नुन र माक्स प्रदान गरेका थिए । शेर्पाले निषेधाज्ञामा २ हजार ८ सय ६ घरपरिवारलाई राहत वितरण गरेका थिए । साथै गरिबिका कारण उपचार गर्न नसकेका दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गरी उपचार गराएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ३४ बजे