बाहिङ किरातहरुको साँस्कृतिक नाँच हङसीली लोपहुँदै [फोटो फिचर]

Facebook Debugger

बुद्धवीर बाहिङ/सोलुखुम्बु । ओखलढुंगाका १३ र सोलुखुम्बु जिल्लाका २ गाविसमा बसोबास गरिरहेका बाहिङ किरातहरुको साँस्कृतिक नाँच हङ सीली अर्थात सेग्रो सीली लोपोन्मुख अवस्थामा पुगेको छ । बाहिङ किरातहरुको साँस्कृतिक नाँच हङ सीलीप्रति बाहिङ युवायुवतीहरुको चासो घट्दै गएकाले लोप हुने अवस्थामा पुगेको बाहिङ किरात अगुवाहरु बताउँछन् ।
Han-Sili-Photo-7.
बाहिङ किरातका घरका मुली बिरामी हुँदा बाहिङ नक्सो (बाहिङको पुरोहित) लाई हेराउने र नक्सोले हङभोक्ताछा (पितृ पुज्नु) भनेमा बुचा सुँगुर (पाठा) बिरामीको नाममा चढाई एकदेखि तीन वर्षभित्र हङसीली नाँच्नु पर्दछ । हङसीली चारदिनसम्म नाँच्ने गरिन्छ । हङसीली नाँच्दा पुरुष र महिला दुवैले नाँच्नु पर्दछ । हङसीली नाँच्ने पुरुषलाई मसिचा र महिलालाई मसीमी भनिन्छ । यो नाँच नाच्दा पुरुष र महिलाहरुले सुनाखरी, मयुरको प्वाँख, दुम्सीको काँडा, चौंरी गाईको पुच्छर (चम्मर) र तानमा आपैmले बुनेको कपडा लगाएर नाँच्ने गर्दछन् ।
Han-Sili-Photo-8.
चारदिसम्म नाँचिने यो नाँचमा बाहिङ किरातहरुको उत्पत्ति हुँदादेखि अहिलेसम्म गरिने चालचलन र रितिरिवाजको बारेमा वर्णन गरिन्छ । ‘बाहिङहरु उत्पत्ति हुँदा कसरी खानपान गर्थे, ढुंगे युगदेखि वर्तमान युगसम्म कसरी आए भनेर नाँचबाटै देखाउनु पर्दछ’ बाहिङ मसिचा पुर्खाधन बाहिङले भने । ‘यत्ति मात्र होइन हाम्रा पुर्खाहरुले जंगल फडानी गरेर सुकेको दाउरालाई बालेको खरानीमा कोदो र मकै खेती समेत गरेका थिए’ मसिचा बाहिङले थपे ।
Han-Sili-Photo-9.
‘उहिले बाहिङ पुर्खाहरु सिकार खेल्न जादाँ ढुकुर मारेर ल्याएको र उक्त ढुकुरको गोजेरो (आन्द्रा) मा कोदो र मकै थियो, सो गोजेरो जुठेल्नोमा फाल्दा कोदो र मकै उम्रेको किंबदन्ती रहेको छ’ बाहिङ मसीमी भोटीमाया बाहिङले भनिन् । बाहिङ किरातहरुको अरु किरातहरुको जस्तै छुट्टै भाषा, धर्म, सँस्कृति, लिखित तथा अलिखित ईतिहास, परम्परागत चालचलन रहेको बाहिङ किरात मुलुखिम केन्द्रीय कार्य समितिका महासचिव धिरेन बाहिङले बताए ।
Han-Sili-Photo-10
तत्कालिन समयमा पृथ्वीनारायण शाहले तिरो उठाउनको लागि राई पगरी (पद) दिएपछि पछिल्लो समयमा सम्पूर्ण किरात वंशका किरातीहरुलाई राई जाती भनेर लेख्न लगाएको समेत मुलुखिमका केन्द्रीय महासचिव धिरेन बाहिङले बताए । आदिवासी जनजाति प्रतिष्ठानको ऐन २०५८ मा आदिवासी जनजाति हुन वा जाती हुनका लागि छुट्टै भाषा, परम्परा, चालचलन, रितिरिवाज, सँस्कृति, लिखित तथा अलिखित इतिहास र बसोबास गरेको भूमि भएकोलाई आदिवासी जनजाती वा जाती भनिन्छ भनेर परिभाषि गरेको भएपनि अभैm बाहिङलाई राज्यले सूचीकृत नगरेको बाहिङ किरात मुलुखिम केन्द्रीय कार्य समितिका अध्यक्ष भूपराज बाहिङले बताए । ‘राज्यले बाहिङ लगायत अन्य किरात वंशभित्र रहेका १८ भाषा बोल्ने प्रतिष्ठानको परिभाषाले खोजेको सबै कुराहरु भएर पनि अभैm सूचीकृत गरेको छैन, त्यही भएर बाहिङ किरातहरुको यो ऐतिहासिक हङसीली लोपोन्मुख अवस्थामा पुगेको हो’ अध्यक्ष बाहिङले भने ।
Han-Sili-Photo-11
वि. सं. २०६८ सालको जनगणना अनुसार बाहिङ किरातहरुको जनसंख्या ११ हजार ६ सय ५८ जना रहेको छ । नेपाल लगायत अन्य देशमा गरी करिब २० हजारभन्दा बढीको संख्यामा रहेको बाहिङ किरात मुलुखिम काठमाडौंले जनाएको छ ।
Han-Sili-Photo-12

Han-Sili-Photo-13

Han-Sili-Photo-14.

Han-Sili-Photo-15.

Han-Sili-Photo-16.

Han-Sili-Photo-17.

Han-Sili-Photo-18.

Han-Sili-Photo-19.

Han-Sili-Photo-20.

Han-Sili-Photo-21.

Han-Sili-Photo-22. Han-Sili-Photo-6.

तस्वीर:बुद्धवीर बाहिङ/इन्द्रबहादुर बाहिङ

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार