२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

माप्य दुधकोशीको सभापतिमा जीवन बस्नेत पनि आकांक्षी


सगरमाथा अनलाईन

११ भाद्र २०७८, शुक्रबार  

5.1k
Shares

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति दिनप्रतिदिन नजिकिदै गइरहेको छ । भदौं १८ गते वडा पालिकाको अधिवेशनको मिति तोकि सकेको छ ।

यता वडादेखि जिल्लासम्मका नेताहरु सभापति लगायत अन्य पदाधिकारीका लागि आकांक्षी बनेको घोषणा गरिरहेका छन् । त्यस्तैगरी माप्य दुधकोशी गाउँपालिकामा पनि सभापतिको आकांक्षीहरु देखिएका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता जीवन बस्नेतले पनि माप्य दुधकोशीमा सभापतिको आकांक्षी रहेको घोषणा गरेका छन् । यूवा पुस्तालाई नेतृत्वमा ल्याउने उदेश्यसहित आफूलाई एक नगरपालिका र सात गाउँपालिकाकै सबैभन्दा कान्छो सभापतिको आकांक्षीको रुपमा उम्मेदवारी घोषणा गरेको जीवन बस्नेतले बताए ।

Sagarmatha

माप्य दुधकोशी गाउँपालिकाबाट सभापतिको आकांक्षीमा कर्णबहादुर कार्की, नवीन कार्की, दिनेश राई, सगुजित राई, चन्द्र राई, ढालबहादुर मगर र भैबहादुर राई देखिएका छन् । प्रदेश नं. १ का सोलुखुम्बु सहित १० जिल्लामा क्रियाशिल सदस्य लगायतका विषयमा देखिएको समस्या समाधान भएसँगै कांग्रेसको अधिवेशन हुने निश्चित जस्तै भएको छ ।

नेपाली कांग्रेसले सोलुखुम्बु लगायत ३८ जिल्लाका लागि निर्वाचन अधिकृत खटाईसकेको छ । सोलुखुम्बुका लागि निर्वाचन अधिकृत कैलाश गुरुङलाई खटाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : २२ बजे