२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

खुम्बु पासाङल्हामु वडा ३ को सभापतिमा ङिमाछिरी शेर्पा निर्वाचित


सगरमाथा अनलाईन

२२ भाद्र २०७८, मंगलबार  

329
Shares

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ को वडा सभापतिमा ङिमाछिरी शेर्पा निर्वाचित भएका छन् । शेर्पाको सभापतित्वमा १६ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा ङवाङकर्साङ शेर्पा र आङफुर्बा शेर्पा निर्वाचित भएका छन् । सचिवद्धयमा कामीदोर्जी शेर्पा र दावानुरु शेर्पा, सहसचिवद्धयमा ल्हाक्पानुरु शेर्पा र मिङमानुरु शेर्पा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा ल्हाक्पादोर्जी शेर्पा, फुरग्याल्जेन शेर्पा, पाग्याल्जेन शेर्पा, आङगेलु शेर्पा, पासाङदावा शेर्पा, पासाङछिरी शेर्पा, पासाङदावा शेर्पा, पासाङकाजी शेर्पा र पासाङकाजी शेर्पा निर्वाचित भएका छन् ।

Sagarmatha

त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा चुङ्बा शेर्पा, लाक्पानुर्बु शेर्पा, पासाङ शेर्पा, ङिमतेञ्जी शेर्पा, लाक्पाछिरिङ शेर्पा, पासाङतेम्बा शेर्पा, फुर्वाग्याल्जेन शेर्पा, आङछिरिङ शेर्पा, टसीपाल्जोर शेर्पा, सर्कीफुटी शेर्पा र इन्द्रमाया रेग्मी मगर निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी चुङबा शेर्पाले बताए ।

वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते गाउँपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।

यो पनि पढ्नुहोस 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ४६ बजे