सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ को वडा सभापतिमा रामकृष्ण थापा मगर निर्वाचित भएका छन् । मगरको सभापतित्वमा २३ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा पेमादोर्जी शेर्पा र ज्ञानबहादुर थापा मगर निर्वाचित भएका छन् । सचिवद्धयमा रामु राना मगर र पासाङतेण्डी शेर्पा, सहसचिवद्धयमा रामबहादुर थापा मगर र ङिमातेण्डी शेर्पा, कोषाध्यक्षमा कोपिला बर्देवा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा उर्मिला थापा मगर, कमला बिश्वकर्मा, पासाङयाङजी शेर्पा, ङिमादिकी शेर्पा, आङफुली शेर्पा, जाङबु शेर्पा, कवीर कामी, अनिल राई, मेघबहादुर दमाई, मोहनकुमार राना मगर, रुपकाजी राना मगर, मानबहादुर राई, दिलबहादुर थापा मगर, जाङबु शेर्पा र नेत्रबहादुर राना मगर निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी फुनुरु शेर्पाले बताए ।

त्यस्तै क्षेत्रिय प्रतिनिधीहरुमा मनिला नेपाली, निर्मला कार्की, दायाङजी शेर्पा, आङकाण्डी शेर्पा, निर्मली मगर, हर्किमाया मगर, प्रेमबहादुर थापा मगर, फुनुरु शेर्पा, सुरेश मगर, यामबहादुर मगर, मोतीप्रसाद राना मगर, वीरबहादुर कामी, आङग्याल्जेन शेर्पा, सञ्जय शेर्पा, गेल्जेन शेर्पा, ग्यानकुमार राई र सोनामग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।
वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते गाउँपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।








