सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ को वडा सभापतिमा पासाङदावा शेर्पा निर्वाचित भएका छन् । शेर्पाको सभापतित्वमा २६ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा ङवाङछिरी शेर्पा र तेञ्जिङटासी शेर्पा निर्वाचित भएका छन् । सचिवद्धयमा पासाङछिरी शेर्पा र फूटासी शेर्पा, सहसचिवद्धयमा छुल्डिम शेर्पा र ङवाङनुर्ब शेर्पा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा मिङमाडोमा शेर्पा, ङिमु शेर्पा, छुटिन शेर्पा, सोनामटसी शेर्पा, कान्छानुरु शेर्पा, मिङमानुरु शेर्पा, लाक्पाछिरिङ शेर्पा, ङवाङपासाङ शेर्पा, कामीछिरिङ शेर्पा, नामगेलु वाङदी शेर्पा, पासाङछिरिङ शेर्पा, लाक्पानुरु शेर्पा, ङिमानुरु शेर्पा, सोनामछिरिङ शेर्पा, पेम्बाछिरिङ शेर्पा, आङतेम्बा शेर्पा, किरीमाया बिश्वकर्मा, ङवाङछोङबा शेर्पा र छिरिङछुण्डु शेर्पा निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी फुनुरु शेर्पाले बताए ।

त्यस्तै क्षेत्रिय प्रतिनिधीहरुमा पासाङदावा शेर्पा, लाक्पाछिरिङ शेर्पा, दावायाङडी शेर्पा, पेम्बातेञ्जिङ शेर्पा, छुटिन शेर्पा, लाक्पाडोमा शेर्पा, दावाछिरिङ शेर्पा, आङनिमा शेर्पा, आङछिरिङ शेर्पा, छिरिङसोना शेर्पा, कान्छानुरु शेर्पा, ङवाङछिरिङ शेर्पा, सुकुमाया बरायली, पासाङछिरिङ शेर्पा, पेम्बाछिरिङ शेर्पा र निमानुरु पाल्दोर्जी शेर्पा निर्वाचित भएका छन् ।
वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते गाउँपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।







