काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सोलुखुम्बु काठमाडौं सम्पर्क कमिटि गठन गरिने भएको छ ।

नेकपा एमाले सोलुखुम्बुको समानान्तर जिल्ला कमिटि एकिकृत समाजवादीमा समाहित भएपछि सोलुखुम्बु काठमाडौं सम्पर्क कमिटि गठन गरिने भएको हो । सम्पर्क कमिटि गठनका लागि आउने शनिबार असोज २ गते काठमडौंमा कार्यक्रम आयोजना गरिएको सम्पर्क विभाग प्रमुख तथा प्रदेश कमिटि सदस्य आङकामी शेर्पाले बताए ।
सोलुखुम्बु स्थायी ठेगाना भई विभिन्न पेशा र व्यवसायमा आबद्ध उपत्यकाभित्र बसोबास गरिरहेका पार्टीका नेता र शुभेच्छुकसहित सम्पर्क कमिटि गठन गरिने पनि सम्पर्क विभाग प्रमुख शेर्पाले बताए । ‘हाम्रो जिल्ला पार्टीको सम्पर्क केन्द्रसम्म पुर्याउनको लागि कमिटि गठन गर्न लागेका हौं ।’ प्रमुख शेर्पाले भने, ‘काठमाडौंभित्र रहनु भएका पार्टीका साथीहरुलाई एकताबद्ध हुनका लागि पनि हामीले सम्पर्क कमिटि गठन गर्न लागेका हौं ।’








