७ असार २०८३, आइतबार | Mon Jun 22 2026

वैदेशिक रोजगारी छोडेर नेपालै कपडा सिलाईमा लागे प्रताप



काठमाडौं । ७ वर्ष लामो वैदेशिक रोजगारीलाई बिट मार्दै प्रताप नेपाली नेपालमै केहि गर्न सकिन्छ भनेर विभिन्न किसिमका कपडा सिलाईमा लागेका छन् । नेपालीको कपडा सिलाई मात्रै होइन, कपडा पसल पनि छ ।

एभरेष्ट टेलरिङ सेन्टर नामक कम्पनी दर्ता गरेर काठमाडौं बसुन्धरामा कारखाना र पसल खोलेका छन् । उनले कारखाना र पसल खोलेको पनि ५ वर्ष बितिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको ओमिक्रोनले सबै व्यवसायलाई असर पार्यो । तर, उनले स्टकमा रहेका कपडाहरु सिलाएर कामदारहरुको रोजगारी बचाए ।
उनको कारखानामा १३ वटा सबज्याक मेसिन छन् । ११ जना कपडा सिलाउने कामदार छन् । श्रीमती कल्पना बर्देवा र उनले पनि अन्य कामदार सरहनै दैनिक काम गरिरहेका छन् । ‘बल भइञ्जेल विदेशमा काम गर्यो, पछि बल सकिएपछि नेपाल फर्किनु पर्छ,’ नेपालीले भने, ‘बरु बल हुँदानै केहि गर्न सकियो भने भविष्यमा बाँच्न सहज हुन्छ ।’

उनको पसलमा विभिन्न किसिमका कपडाहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्दै आएका छन् । उनी वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि पनि कपडा सिलाईनै गर्थे । काठमाडौंस्थित बौद्वमा उनले डाउन ज्याकेट, होलसेल कपडाका विभिन्न आईटमहरु राखेर पसलनै खोलेका थिए ।

Sagarmatha

अहिले उनको कारखानामा डाउन ज्याकेट, सिलिकन ज्याकेट, गोलटेक्स, वीनचीटर ज्याकेट, ट्रयाकसेट, ट्राउजर, टिसर्ट, हाफपाईन्ट, पञ्चु, रेङसेट, लगायत कपडाहरू सिलाई विभिन्न पसलहरुमा होलसेल तथा खुद्रा मूल्यमा बिक्रि गरिरहेका छन् । उनको कारखानामा १३ वटा सबज्याक मेसिन मात्रै होइन । डाउन रिफाईन गर्ने मेसिन पनि छ । जसले सुपर डाउन रिफाईन गरी क्वालिटिको डाउन ज्याकेटमा लगाउने सुपरडाउन रिफाईन गर्छ । ‘म जीवनभरी यहि पेशालाई निरन्तरता दिन्छु । यो काम गर्दा मलाई सन्तुष्ट मिलिरहेको छ ।’ उनले भने । उनको स्थायी ठेगाना नेचासल्यान २, चौतारा सोलुखुम्बु हो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : २० बजे