८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

पत्रकार सम्मेलन गर्दैछन् माओवादी केन्द : अध्यक्ष प्रचण्ड


१२ बैशाख २०७९, सोमबार  

7
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्।

पेरिसडाँडामा दिउँसो ८२ बजे हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : २२ बजे