सोताङ वडा नं. ३ द्धारा औषधी खरिद, स्थानीयलाई निःशुल्क वितरण गरिने

  सगरमाथा अनलाईन

सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नं. ३ द्धारा अति आवश्यकीय औषधी खरिद गरिएको छ । स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै वडा पालिकाले औषधी खरिद गरेको अध्यक्ष गोकर्ण बस्नेतले बताए ।

वडापालिकाद्धारा खरिद औषधी स्थानीय वडाबासीलाई निःशुल्क रुपमा वितरण गरिने अध्यक्ष बस्नेतले बताए । ‘हामीले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य चौकीको अहेबका अनुसार आवश्यकीय औषधी खरिद गरेका छौं ।’ अध्यक्ष बस्नेतले भने, ‘यो वर्षातको समयमा चाहिने अति आवश्यकीय औषधीहरु हामीले खरिद गरेका छौं ।’

वडापालिकाले वडामा रहेको स्वास्थ्य चौकीलाई आवश्यकीय भौतिक संरचनालाई मर्मत गरी २४ सै घण्टा आपतकालिन सेवा दिने व्यवस्था मिलाउने पनि काम अघि बढाएको छ । गाउँगाउँमा स्वास्थ्य क्षेत्रमा देखिएको अन्धविश्वासलाई जनचेतनामूलक कार्यक्रम गरी स्थानीयलाई स्वास्थ्यप्रति सचेत गराउने पनि कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट अध्यक्ष बस्नेत नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष निर्वाचित भएसँगै वडाबासीले बस्नेतसँग गाउँको विकासको लागि धेरै आशा गरेका छन् । अध्यक्ष बस्नेत नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको सभापति समेत हुन् । उनी सम्पर्क समितिको सभापति भएपछि कोरोना कहरमा ४ हजारभन्दा बढि घरपरिवारलाई राहत वितरण गरेका थिए । साथै अन्य विभिन्न सामाजिक कामहरु पनि गरेका थिए ।

यो पनि पढ्नुहोस ।

सकारात्मक सोच र धर्यताले मानिसलाई सफल बनाउँछः अध्यक्ष बस्नेत [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार