१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

टान निर्वाचनः नीलहरी बास्तोला समूहले दर्ता गरायो उम्मेदवारी



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुन गइरहेको निर्वाचनका लागि नीलहरी बास्तोला अध्यक्ष रहेको समूहले उम्मेदवारी दर्ता गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबु), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह–कोषाध्यक्षमा छिङदोर्जी शेर्पा, सचिवमा होमनाथ भट्टराईले एकै साथ उम्मेदवारी दर्ता गरेका हुन् ।
यसैबीच रामप्रसाद समूहले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको बताइएको छ ।

त्यसैगरी सदस्यहरुमा गणेशबहादुर अधिकारी, कुमार लामा, नविननाथ देबकोटा, लाक्पादोर्जे शेर्पा, सजना त्रिपाठि, हेम कार्की, सुवास भण्डारी, राजु अर्याल र राम बन्जाराले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

Sagarmatha

यसैबीच रामप्रसाद समूहले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ३० बजे