१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सिक्किमको नाथुलामा हिमपहिरोमा ३ नेपालीसहित ७ पर्यटकको मृत्यु



काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जना पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीहरूमा २ जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् । यस्तै १ जना रुपन्देहीका मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँबाट कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ३७ बजे