खुम्बु पासाङल्हामु गाउँपालिकालाई कांग्रेसको अपिल

  सगरमाथा अनलाईन
1.8k Shares

सोलुखुम्बु । नेपाली कांग्रेस प्रदेश समिति ‘ख’ र खुम्बु पासाङल्हामु गाउँकार्य समितिले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पालाई वडा नं. १ को वडा कार्यालय सञ्चालन गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश समिति ‘ख’ का सभापति कर्मा शेर्पा र खुम्बु पासाङल्हामु गाउँकार्य समितिका सभापति चुङबा शेर्पाले संयुक्त विज्ञप्ती जारी गर्दै वडा नं. १ को अनिश्चितकालिन बन्द रहेको वडा कार्यालय सुचारु गर्न अपिल गरेका हुन् । सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाँउपालिका अन्तर्गत १ नं. वडा कार्यालय र गाँउकार्यपालिकाको बीचमा भएको द्धन्द्धका कारण लामो समय देखि १ नं. वडाका आम नागरिकले पाउनु पर्ने सेवा सुविधाहरुबाट बञ्चित भइरहेको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकार्षण भएको छ, जारी विज्ञप्तीमा भनिएको छ ।

उक्त समस्यालाई यथाशिघ्र समाधानको लागि सम्बन्धित बडा कार्यालय र गाँउकार्यपालिका, सोलुखुम्बु जिल्लाबाट निर्वाचित संघ र प्रदेश माननिय ज्यूहरु, विभिन्न राजनितिक दलका जिल्ला कार्यसमिति, जिल्ला समन्वय समिति सोलुखुम्बु, लगायतका सम्बन्धित पक्षहरुले बृहत वार्ता तथा छलफलबाट समस्यालाई समाधान गर्न समेत आग्रह गरिएको छ । साथै सविधानको मूलमर्मलाई बुझी त्यस क्षेत्रको आम नागरिकहरुले राज्यबाट प्राप्त गर्नु पर्ने हक, अधिकार सुनिश्चित गरी बन्चित रहनु परेको सेवा सुविधा प्राप्त गर्ने वातावरण अविलम्व सुचारु गर्न हुन जोडदार रुपमा अपिल गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।

यो पनि हेर्नुहोस

गाउँपालिका अध्यक्षलाई वडा अध्यक्षको चुनौतीः गफ होइन स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार