४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

एक महिनामै १ लाख बढी पर्यटक



काठमाडौं । सन २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आँकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन ।

आँकडाअनुसार लगातार दोस्रो महिना (मार्च र अप्रिल) १ लाखमाथि पर्यटक आएका हुन । त्यसअघिका २ महिना जनवरी र फेब्रुअरीमा १ लाखभन्दा कम पर्यटक आए पनि पछिल्लो २ महिनाको आगमनले औसत १ लाखमाथि पर्यटक आगमन भइरहेको देखाउँछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १० : ०५ बजे