२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ


सगरमाथा अनलाईन

२७ बैशाख २०८१, बिहिबार  

49
Shares

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीसँगै २ जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।

Sagarmatha

उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १ : २४ बजे