१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम


सगरमाथा अनलाईन

८ श्रावण २०८१, मंगलबार  

70
Shares

काठमाडौं । सुदूरपश्चिममा ३ दिनसम्म बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।

वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुई नदी र सहायक नदीहरूमा अझै ३ दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको छ । यसका साथै आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

Sagarmatha

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ०४ बजे