२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान


सगरमाथा अनलाईन

२८ कार्तिक २०८१, बुधबार  

42
Shares

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् । उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् ।

Sagarmatha

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : २९ बजे