४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

विश्वकपमा पुगेको यू-१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू-१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : ५७ बजे