९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

उत्तर अमेरिकामा भीषण हिउँदे आँधी, कैयौँ स्थानमा सङ्कटकाल


२३ पुस २०८१, मंगलबार  

0
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ। एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ।

क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको क्यान्ससदेखि ईस्ट कोस्टसम्मका ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको न्याश्नल वेदर सर्भिस ९एनडब्ल्यूएस०ले जनाएको छ।

ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अपेक्षा गरिएको छ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यूजर्सीका कतिपय ठाउँमा सङ्कटकाल घोषणा गरिएको छ।

साधरणतया मौसम राम्रो हुने फ्लोरिडामा पनि अत्यधिक चिसो महसुस हुने आकलन गरिएको छ।

मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था ुपोलर भोर्टेक्सुका कारण उत्पन्न भएको बताएका छन्। आर्क्टिकमा फैलिने चिसो हावा भएको एउटा क्षेत्रलाई ुपोलर भोर्टेक्सु भनिन्छ।

यसपालिको हिउँदे आँधीले ईस्ट कोस्टलाई स्थानीय समयानुसार आइतवार साँझदेखि प्रभावित गर्ने ठानिएको छ। न्यूयोर्क राज्यका कतिपय उत्तरी भागहरूमा अहिलेसम्म कम्तीमा तीन फिट हिउँ परिसकेको छ।

वाशिङ्टन डीसीमा पाँचदेखि नौ इन्च हिमपात हुने भनिएको छ। त्यहाँका नगरप्रमुखले हिमपातका कारण कम्तीमा आइतवार साँझसम्म लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन्।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ११ : २९ बजे