८ असार २०८३, सोमबार | Tue Jun 23 2026

रवि लामिछानेको सरकारप्रति आक्रोश : ‘जिउँदै छोड्नु नै मेरो जित’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सरकारले आफूलाई नष्ट गर्ने प्रयास गरेको आरोप लगाउँदै, ‘म जिउँदै छु, यही मेरो जित हो,’ भनेका छन् ।

लामिछाने करिब ५ महिनापछि पार्टीको बैठकमा सहभागी हुन सोमबार केन्द्रीय कार्यालय पुगेका थिए । सरकारले झुट्टा मुद्दा लगाएर आफूलाई राजनीतिक रूपमा समाप्त गर्न खोजेको आरोप लगाए ।

‘मेरो परिवार र वकिललाईसमेत जानकारी नदिई, मलाई मध्यरातमा दासढुंगाको बाटो हुँदै किन लगियो ? सरकारको नियत राम्रो थिएन,’ लामिछानेले भने, ‘म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु, राजनीतिबाट पछाडि हट्ने कुरा हुँदैन ।’

Sagarmatha

सभापति पदमा पुनः सक्रिय हुन लागेका लामिछाने पार्टी कार्यालय पुगेपछि नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । केन्द्रीय समितिको बैठक सुरु हुनुअघि उनले कार्यालय परिसरमै सरकारप्रति आक्रोश पोखेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ११ : १५ बजे