७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

विवेकशिल नेपाली कतारको प्रथम अधिवेशन सम्पन्न


२१ कार्तिक २०७३, आइतबार  

0
Shares

bibek-silहोम बस्नेत
कतार २१ कार्तिक । विवेकशिल नेपाली पार्टी कतारको प्रथम अधिबेशन कतारको दोहामा शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट पदम भण्डारीको अध्यक्षमा ११ सदस्य कार्यसमिति सर्वसहमत रुपमा चयन भएको हो ।
विवेकशिल पार्टी कतारको अधिबेशनबाट कार्यपालिका प्रमुखमा सुरेश भट्ट, ब्यबस्थापक प्रमुखमा गौरभ राज अधिकारी, न्यायपालिका प्रमुख महेश गजुरेल, सदस्यहरुमा टक चौलागाईं रामप्रसाद घिमिरे, शेख इन्ताफ आलम, बेदराज बगाले, अरविन्द चौधरी, बिकास अधिकारी, नकुल आचार्य रहेका छन । हामिले नगरे कस्ले गर्ने? अहिले नगरे कहिले गर्ने ? शान्त र समृद्ध नेपाल हाम्रै पालामा भन्ने नाराका साथ पार्टीका केन्द्रिय व्यवस्थापिका प्रमुख गोबिन्द नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।
दोहा कतार स्थित एसिएन सेफ होटेलको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा कतारमा रहेका सामाजिक सघ सस्था तथा बैचारिक सगठनका प्रमुख तथा प्रतिनिधीले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा पार्टीका निवर्तमान संयोजक पदम भण्डारीबाट राजनैतिक तथा सांगठानिक प्रतिवेदन र महेश गजुरेलबाट आर्थिक प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि तिम्सिनाले अन्य पार्टीहरुले प्रजातन्त्र, लोकतन्त्र, संविधानको लागि राजनीति गरेपनि आर्थिक समृद्धीको लागि केही नगरेको आरोप लगाए । उनले भने ‘अब विवेकशिल नेपाली पार्टीले शान्त समृद्ध उद्दमशिल नेपाल निर्माण गर्न लागि पर्ने छ । ’ प्रवासी युवाहरुको निकै सक्रियता रहेको उक्त कार्यक्रममा समृद्धिका लागि युवाहरू एक जुट हुनु पर्ने सहभागी राजु बस्नेतले बताए अन्य पार्टी भन्दा फरक नीति र सिद्धान्त बोकेको दल रहेकोले विवेकशिल नेपाली पार्टी लोकप्रियताको शिखरमा पुग्न लागेको शुरेस भट्टले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  ८ : २५ बजे