८ असार २०८३, सोमबार | Tue Jun 23 2026

सुनको भाउमा वृद्धि, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो



काठमाडौं । मंगलबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढ्दै ऐतिहासिक १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,४८० अमेरिकी डलर नजिक पुगेपछि नेपाली बजारमा पनि मूल्य बढेको हो।

यो वृद्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर तुरुन्त घटाउन निर्देशनात्मक अभिव्यक्ति दिएको कारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फेडको नीतिमा अनिश्चितता बढेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।

Sagarmatha

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १२ बजे