८ असार २०८३, सोमबार | Tue Jun 23 2026

वाईसीएल पुनः जुर्मुराउने बेला आयो : प्रचण्ड


२९ बैशाख २०८२, सोमबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताका छन् ।

‘तपाईंहरूले देख्नुभएको छ, म बिहान बिहानै हिँड्ने गरेको छु । त्यो मर्निङ वाक होइन, त्यो युवाहरूलाई फेरि आन्दोलित गर्ने, वाईसीएललाई फेरि संगठित गर्ने महाअभियान हो,’ उनले भने ।

Sagarmatha

आजको समयको वाईसीएल नेपालले नयाँ क्रान्तिको तयारी थाल्नु पर्ने बताएका प्रचण्डले अभियानको तयारीको लागि लामबद्ध हुन्, फेरि एकचोटी जुर्मुराएर उठ्न आवश्यक रहेको बताएका हुन्।

‘नयाँ क्रान्तिको तयारीको निम्ति वाईसीएल नेपाल एकपटक फेरि जुर्मुराएर उठोस् भन्ने म चाहन्छु,’ उनले भने, ‘किनभने, वाईसीएलले फेरि एकपटक राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बेला आएको छ ।’

प्रचण्डले अभियानको क्रममा र जनसभाको लागि जिल्ला जिल्लामा जाँदा यसपटक वाईसीएल नेपाल सक्रिय हुन थालेको आफूले महसुस गरेको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १२ : १६ बजे