२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

अध्यक्ष नेपालविरुद्धको मुद्दामा सत्य बाहिर ल्याएर फर्किन्छौं : एकीकृत समाजवादी


सगरमाथा अनलाइन

२२ जेष्ठ २०८२, बिहिबार  

441
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव कुमार नेपालविरुद्ध दायर मुद्दालाई योजनाबद्ध राजनीतिक चालको रूपमा लिँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालमाथि मुद्दा दायर गरेपछि पार्टीको आकस्मिक बैठक बसेको थियो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले उक्त मुद्दालाई “षड्यन्त्रपूर्ण प्रयास” भन्दै पार्टीले कानुनी लडाइँमार्फत सत्य उजागर गर्ने बताए।

‘हामी शीर ठाडो बनाएर सत्यका पक्षमा उभिन्छौं,’ उपाध्यक्ष ज्वालाले भने, ‘अदालतबाट निष्कलंक प्रमाणित भई फर्किनेछौं।’

Sagarmatha

उनले पार्टी पंक्तिलाई एकढिक्का रहन आग्रह गर्दै विगतदेखि नै नेताहरूमाथि यस्ता प्रयास हुँदै आएको तर हरेकपटक जनताले विश्वासका साथ साथ दिएकाे स्मरण गराए।

‘अध्यक्ष नेपालले कहिल्यै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका छैनन्,’ ज्वालाले स्पष्ट पारे, ‘हामी कानुनी मार्ग अपनाएर निष्पक्षता प्रमाणित गर्छौं।’

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  २ : १७ बजे