७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन् ।  नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायका पहिलो मुख्यमन्त्री हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले बताए । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत लामाले आफ्नो कार्यकालको प्रगति विवरण सुनाउँदै आफ्नै दलभित्रको प्रपञ्चका कारण पद छोड्नु परेको गुनासो गरे र यस घटनाक्रमले लोकतन्त्र तथा गणतन्त्रमाथि खतरा देखाएको टिप्पणी गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ५१ बजे