काठमाडौं । रूसको कामचाट्का द्वीपमा ५०० वर्षपछि क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ । २ अगस्टमा भएको विस्फोटले ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलाएपछि हवाई मार्ग बन्द गरिएको हो ।
वैज्ञानिकका अनुसार यो विस्फोट चार दिनअघि कामचाट्कामा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्छ । सो भूकम्प विश्वकै छैटौँ ठूलो थियो, जसपछिका परकम्पहरुमध्ये कुरिल द्वीपमा ७ म्याग्निच्युडको धक्का महसुस गरिएको छ ।
कामचाट्का र आसपासको क्षेत्र ‘रिंग अफ फायर’मा पर्छ, जहाँ विश्वका ७५% सक्रिय ज्वालामुखी र ९०% भूकम्प हुने गर्छन् । जुलाई महिनामै कामचाट्कामा ७.४ म्याग्निच्युडसहित ६ वटा शक्तिशाली भूकम्प आइसकेका थिए ।








