७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम


२१ श्रावण २०८२, बुधबार  

0
Shares

काठमाडौं । बिबिसि नेपालीबाट सार, अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५,००० अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ुओभरस्टेु गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो। जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ।

मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : २२ बजे