९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै


२९ श्रावण २०८२, बिहिबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन ९एससीओ० को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ । सो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले उदघाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ५ : २३ बजे