९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

धादिङको धार्के सडकमा नेवास् राष्ट्रिय परिषदले लगायो बार


१३ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । धादिङको धार्के सडकमा नेवास् राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयवासीले तारबार लगाएका छन् ।

निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरिएको भन्दै उनीहरुले तारबार लगाइदिएका हुन् ।

नेवास् राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीका अनुसार धुनिबेसी नगरपालिका–५ मा पर्ने बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले उनलाई न्याय दिन तारबार लगाइएको हो ।

सायमीले भने, ‘बिमला महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको छ ।’

तारबार गर्ने कार्यक्रममा परिषदका संयोजक सुमन सायमी, हलिं नेवास् गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, विकास घिमिरे, बेबी राजभण्डारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ५३ बजे