७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले बैठकमा उषाकिरणको प्रश्न ( कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?


३१ आश्विन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेकपा एमालेविरुद्ध लागेका विदेशी शक्ति को हुन् भनेर प्रश्न गरेकी छिन् ।

ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले एमालेविरुद्ध लागेका कुन(कुन विदेशी शक्तिहरू हुन् रु भनेर प्रश्न गरिन् ।

जेनजी आन्दोलनमा घुसपैठ भएको र विदेशी शक्तिसमेत लागेर प्रतिक्रान्तिको षड्यन्त्र गरेको भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिप्रति इंगित गर्दै तिम्सेनाले प्रश्न गरिन्, ‘कुन(कुन वैदेशिक निकायहरू हुन् नेकपा एमाले विरुद्ध लागेका रु के हामी तिनलाई किटान गर्न सक्छौँ रु के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं ?

Sagarmatha

उनले जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने हो भनेर पनि प्रश्न गरिन् ।

‘अस्ति भर्खर स(साना नानीहरूको कत्लेआम भयो । खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो रु’ उनले भनिन्, ‘गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी आईजीपीलाई भागीदार बनाउने हो रु वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३१ बजे