६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

थाई एयर एसियाले भैरहवामा आजबाट थाल्यो पुनः उडान


९ कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।

अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् । थाई एयर एसियाको जहाज अहिले भैरहवामा अवतरण गर्ने प्रक्रियामा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : १८ बजे