१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

काठमाडौं महानगर प्रमुख शाह पितृशोकमा


१६ मंसिर २०८२, सोमबार  

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।

एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरामी थिए । उनलाई मधुमेह र पिसाब संक्रमणले बिरामी थिए ।

पिसाब संक्रमण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी दिए । ‘एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो । मधुमेह र पिसाबको संक्रमण थियो । बेहोसीमै अस्पताल पुराइएको चिकित्सकले बताएका छन्।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा भएका अन्य बिरामीसँग पनि भेट गरेको अस्पताल स्रोतले जानकारी दिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  ७ : ३३ बजे