६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

ल्याटिन अमेरिकानजिकै जलक्षेत्रमा विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको आगमनले अमेरिका र भेनेजुएलाबीचको तनाव बढ्यो


१९ मंसिर २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । अन्तराष्ट्रिय सञ्चारमाध्यम प्रसारण अनुसार, सन् १९८९ मा पानमामा हमला गरेयताको त्यो उक्त क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य परिचालन हो।

तीन दशकभन्दा बढी समयअघि म्यान्वेल नोरिएगालाई लागुपदार्थ तस्करीको आरोप लगाइएजस्तै यतिखेर भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले समेत उस्तै आरोप खेपेका छन्। जसलाई उनले जोडदार रूपमा अस्वीकार गर्छन्।

उता वाशिङ्टनले विश्वको सबैभन्दा ठूलो र निकै परिष्कृत विमानवाहक युद्धपोत भेनेजुएलाको छेवैमा खटाए तापनि आफ्नो मनसाय अस्पष्ट राखेको छ। यद्यपि कराकसले भने सबैभन्दा खराब अवस्थाको लागि तयारी गरिरहेको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई सत्ता त्याग्न दबाव बढाएका छन्। उनले जतिसुकै बेला भेनेजुएलामाथि आक्रमण हुन सक्ने बताएका छन्।

हालै रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले स्थल, समुद्री, हवाई, नदी र क्षेप्यास्त्रका सैन्यबललाई नागरिक मिलिसियासहित देशभर ूव्यापक रूपमा खटाउनेू घोषणा गरेका थिए। उनले त्यसलाई मदुरोको सरकारविरोधी जोखिमको प्रतिकार्यका लागि चालिएको कदम बताएका थिए।

आफ्नो टेलिभिजन सम्बोधनमा लोपेजले यस अन्तर्गत झण्डै २ लाखको सङ्ख्यामा फौज खटाएको बताए।

भेनेजुएलाको हवाई क्षेत्र बन्द गर्ने ट्रम्पको धम्कीपछि कराकस क्रुद्ध, अमेरिकाले त्यहाँ के चाहेको छरु
अमेरिका नयाँ युद्ध निम्त्याउन उद्यत भएको भेनेजुएलाका नेता मदुरोको आरोप

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : ११ बजे