काठमाडौं । अन्तराष्ट्रि समाचार एजेन्सीका अनुसार ,अमेरिकाको उत्तरपूर्वी राज्य रोड आइल्याण्डको ब्राउन विश्वविद्यालय क्याम्पसमा भएको एक गोली हमलामा कम्तीमा दुई जना विद्यार्थीको मृत्यु हुनुका साथै अन्य नौजना गम्भीर घाइते भएका छन्।
अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ।
सो हमला भवनको पहिलो तल्लामा रहेको कक्षाकोठामा भएको थियो र त्यसका सबै पीडितहरू विद्यार्थी भएको देखिएको बताइएको छ।

गोली हमलापछि भवनबाट बाहिर निस्किरहेको देखिएका कालो पोसाक लगाएका एक पुरुषको व्यापक कारबाहीबीच खोजी भइरहेको जनाइएको छ।
उक्त हमला स्थानीय समय अनुसार दिउसो चार बजेर पाँच मिनेट जाँदा भएको थियो।
प्रोभिडेन्समा शनिवार भएको पछिल्लो हमलासँगै सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोली प्रहारका कुल सङ्ख्या ३८९ पुगेको छ।







