६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

१५ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने शेर्पाको घोषणा



काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले १५ औ महाधिवेशनमा आफू केन्द्रीय पदाधिकारीको उम्मेदवार वन्ने वताएका छन् । आज एक कार्यक्रममा शेर्पाले नेपाली काङ्ग्रेस रुपान्तरण गर्ने र आगामी आम निर्वाचनमा काङग्रेस लाई पहिलो दल वनाउनको लागि आफ्नो उम्मेदवारी रहने वताएका हुन ।

काङ्ग्रेस भित्र वैचारिक नेताको छवि भएक शेर्पा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भन्ने संस्थापन पक्षिय २८ जना केन्द्रीय सदस्य मध्यका प्रभावशालि केन्द्रीय सदस्य हुन । उहाले पार्टी भित्र निर्वाचन अगाडि कुनै हालतमा महाधिवेशन नगर्ने केन्द्रीय समितिको वहुमत र विशेष महाधिवेशन नगरि नछाड्ने वहुमत महाधिवेशन प्रतिनिधि हरुको तिव्र धुर्विकरणवाट पार्टी फुटको संघारमा पुग्दा निर्वाचन अगाडि नियमित महाधिवेशन गरि पार्टी एकढिक्का वनाउन शेर्पाले मध्यमार्गी निर्णायक भूमिका खेल्नुभएको थियो ।

३ पटक सम्म सोलुखुम्बु जिल्लाको जिल्ला सभापति समेत हुनुभएको शेर्पा नेपाली काङ्ग्रेसको युवापुस्तामा निकै लोकप्रियता छवि भएका नेता मानिन्छन ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : १९ बजे