२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

रङ्गतको रङ्गले अथ्र्यायो सङ्गत


१३ पुस २०८२, आइतबार  

7
Shares

काठमाडौं । साथी तथा आफन्तको प्रभावले मानिसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन कसरी परिवर्तन हुन्छ भन्ने कुरालाई आधार बनाई रङ्गतको रङ्ग शीर्षकको नाटक नेपाल मातृगृहको नाट्याशालामा पुस ११ गते शनिबार मञ्चन भएको छ ।
सरकारी जागिरे, हरेक सुख दुःखमा साथ दिने श्रीमती र छोराछोरी भएर सुखका साथ जीवनयापन गरिरहेको रविन्द्रको जीवनमा आफ्नै सालोले एकदिन विदेशबाट आएको खुसीमा होटलमा लगी रक्सी पिउन लगाउँदा र त्यसपछिका दिनहरुमा खराब साथीको लहैलहैमा लाग्दा कुलतमा परिणत भएको अवस्थाको कथा सो नाटकमा देखाइएको छ । यसरी कुलतमा फस्दै गएपछि सरकारी जागिरबाट पनि निकालिन पुग्छन् । घरमा रविन्द्रको खराब चरित्रले उनको छोरालाई समेत कुलतमा लाग्ने वातावरण बनिदिन्छ । छोराले भट्टीमा गएर रक्सी खाने, खराब सङ्गतका साथीहरुसँग हिँड्ने अनि हुँदाहुँदा चोरीमा समेत संलग्न हुन थालेको घटनाले नाटकलाई थप उत्कर्षमा पुर्याउँछ ।
बाउआमाले आफ्नो सन्तान राम्रो होस्; असल होस्; संस्कारी होस् भन्ने चाहन्छन् तर आफ्नो कर्तव्य बिर्सिएको थाहा नहुँदा आफ्ना बालबालिकामा कस्तो असर पर्छ भन्ने सन्देश सो नाटकले सन्देश उजागर गरेको छ । अभिभावकहरुले घरमा राम्रो वातावरण दिन नसक्दा र बालबालिकाको खराब साथीको सङ्गतले पढाइ, स्वास्थ्य अनि चरित्रमा हुने नकारात्मक असरलाई नाटकमा जीवन्त रुपमा प्रस्तुत गरिएको छ ।
सौभाग्य सिङ राई (शोभाको लेखनमा रहेको उक्त नाटकलाई सरस्वती अधिकारीले निर्देशन गरेकी हुन् । वर्तमान युवा वर्गमा बढ्दै गएको चुरोट, रक्सी तथा लागुपर्दाथले समाजलाई पछि धकेल्दै गएको र यसप्रति सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेको विषय अभिभावक र बालबालिकाको लागि उपलब्धिपूर्ण रहेको नाटककार तथा कलात्मक निर्देशक सौभाग्य सिङ राई बताउँछिन् ।
नेपाल नाट्याशाला र नेपाल मातृगृहको संयुक्त प्रस्तुति रहेको उक्त नाटकमा निर्मल साउद, अस्मिता ढकाल, काली किरण, सदिक्षा बसेल, रोशिका मगर, समीर बसेल, रोजिना खातुन, कृष थापा, प्रकृति राईको सो नाटकमा जीवन्त अभिनय निर्वाह गरेका छन । उक्त नाटकमा ध्वानी संयोजन र प्रकाश व्यवस्थापनमा अजय घलान र सुदिप रौतेले गरेका छन् । । नाटक नेपथ्यमा अञ्जु बराल, सुस्मा भोम्जन र सम्झना श्रेष्ठ लगायतका सहभागि छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ५२ बजे