६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

भोजपुरमा सेना चढेको गाडी दुर्घटना


६ फाल्गुन २०८२, बुधबार  

21
Shares

काठमाडौं ।भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना। ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका(४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा २४ जना घाइते भएका छन् । एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । उनका अनुसार बसमा जम्मा २६ जना सवार थिए ।

दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको उनले बताए । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।

उक्त बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ११ : ३८ बजे