१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

यस वर्ष वन डढेलो घटना कम हुन्छ वन मन्त्रालय


९ चैत्र २०८२, सोमबार  

0
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव ) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् ।

सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे ।

हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरूरु कुहिने भएकाले पनि प्राकृतिक रूपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क छ ।

सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए ।

सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : ३५ बजे