२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सरकारले भू-रणनीतिक अवस्थालाई मध्यनजर गर्नुपर्छः सांसद कार्की [भिडियोसहित]



काठमाडौं । सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रकाशसिंह कार्कीले विश्वमा चलिरहेको भू-रणनीतिक अवस्थालाई मध्यनजर गर्नुपर्ने बताएका छन् । संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसद कार्कीले मध्यपूर्वमा भएको युद्धले पार्न सक्ने प्रभावलाई समयमै नेपाल सरकारले पूर्व तयारी अपनाउनु पर्ने बताएका हुन् ।

‘अहिले भैरहेको भू-रणनीतिक अवस्थाले उत्पन्न हुने अल्पकालीन र दीर्घकालिन समस्यको पहिचान गरी सरकारले आवश्यक कदम चाल्नु पर्छ,’ सांसद कार्कीले भने ‘यसबाट नेपाली नागरिकलाई पर्न सक्ने समस्याको प्रभावकारी रुपमा समाधान गर्न सरकारको ध्यान जाओस ।’

इन्धनको मूल्य बृद्धि, खाद्यान्न अभाव, बजार मूल्यबृद्धिका साथै मध्यपूर्व क्षेत्र युद्धमा फसेका नेपालीहरुलाई तत्कालै उद्धार गर्नुपर्ने सांसद कार्कीको भनाई छ ।

२००७ सालदेखि जेनजी आन्दोलनसम्म शहादत प्राप्त गर्ने शहीदहरुलाई समेत सांसद कार्कीले सम्झेका थिए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

बजार मूल्यवृद्धिप्रति सरकारको ध्यान जाओसः सांसद कार्की ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : ०६ बजे