काठमाडौं । नेपाल तरुण दल जिल्ला समिति सोलुखुम्बुको पहलमा क्यान्सर पीडित याङजी शेर्पालाई ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल तरुण दल सोलुखुम्बु जिल्ला समितिको समन्वयमा अमेरिका स्थित रामेछाप शेर्पा समाजबाट प्राप्त सहयोग रकम क्यान्सर पीडित शेर्पालाई हस्तान्तरण गरिएको हो ।
अमेरिकामा रहेका रामेछाप शेर्पा समाजका छिरिङ शेर्पा, आङङिमा शेर्पा र ल्हाक्पातेन्जी शेर्पाबाट प्राप्त रकम नेचा-सल्यान गाउँपालिका-१, याली निवासी क्यान्सर पीडित शेर्पालाई हस्तान्तरण गरिएको हो ।








